स्वास्थ्य सामग्री खरिदमा विवादित ‘ओम्नी’लाई भुक्तानी नदिन दवाव « Khabarhub

स्वास्थ्य सामग्री खरिदमा विवादित ‘ओम्नी’लाई भुक्तानी नदिन दवाव


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना नियन्त्रण तथा रोकथामका स्वास्थ्य सामग्री ल्याइसकेपछि सरकारले ठेक्का रद्द गरेपछि २८ करोड रुपैयाँ भुक्तानी दावी गरेको ओम्नी इन्टरनेशनललाई भुक्तानी नदिन सरकारलाई दवाव परेको छ।

पहिलो कन्साइनमेन्ट ल्याएलगत्तै सरकारले ठेक्का रद्द गरी पाँच करोड रुपैयाँ धरौटी समेत जफत गरेपछि ओम्नीले भुक्तानी दावी गर्दै आएकोमा स्वास्थ्य मन्त्रालयलाई उक्त भुक्तानी नदिन कानूनी राय गएको छ ।

शुक्रबार ओम्नी इन्टरनेशनलले आफूले आपूर्ति गरेको सामान बापत २८ करोड भुक्तानी माग दावी गरे पनि मन्त्रालयले प्राप्त गरेको उक्त राय स्वास्थ्य सेवा विभागलाई सूचित गरेसँगै कम्पनीलाई भुक्तानी दिन नहुने दवाव परेको विभाग स्रोतले जनाएको छ ।

स्वास्थ्य सामग्री खरिदमा ब्यापक अनियमितता भएको आरोप लागेपछि सरकारले शर्त विपरित काम गरेको तथा घाटा पुर्‍याएको निहुँ बनाउँदै ओम्नी समूहसँगको ठेक्का रद्द गरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ५७ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष