दक्षिण कोरियामा कोरोना नियन्त्रण उन्मुख, २४ घण्टामा आठ व्यक्तिमा मात्र संक्रमण « Khabarhub

दक्षिण कोरियामा कोरोना नियन्त्रण उन्मुख, २४ घण्टामा आठ व्यक्तिमा मात्र संक्रमण


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया- दक्षिण कोरियामा विगत २४ घण्टामा आठ व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।

दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो।

आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको बीबीसीले उल्लेख गरेको छ ।

कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले कोभिड-१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लियो।

त्यहाँ सङ्क्रमितको सङ्ख्या १०,७०० पुगेको छ भने २३४ जनाले कोरोनभाइरसका कारण ज्यान गुमाएका छन्।

फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो।

कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापाक रूपमा अवलम्बन गरेको थियो।

राष्ट्रपति मुन जे-इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड-१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए।

व्यक्तिगत दूरी कायम गर्ने अभियानलाई थप बढाउने कि नबढाउने भन्ने विषयमा अधिकारीहरूले आइतवार सोलमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ११ : ४३ बजे

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको