मदनकृष्ण श्रेष्ठको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना « Khabarhub

मदनकृष्ण श्रेष्ठको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । मह जोडीलाई नेपाली हास्यव्यङ्ग्य क्षेत्रको खम्बाका रुपमा पनि लिइन्छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनका कारण सबै कलाकार घरमै बसिरहेका छन् । मदनकृष्ण श्रेष्ठ पनि परिवारका साथ घरमै आराम गरिरहेका छन् ।

हास्यअभिनेता श्रेष्ठलाई सेलिब्रेटी तथा प्रशंसकले भने सामाजिक सञ्जालमार्फत जन्मदिन शुभकामना दिएका छन् । मह जोडीका हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको शुभकामना दिएका छन् ।

‘मदन दाइलाई जन्मदिनको धेरै धेरै शुभकामना,’ हरिवंश आचार्यले फेसबूकमार्फत जन्मदिनको शुभकामना दिँदै एउटै माला लगाएको तस्वीर शेयर गरेका छन् ।

यस्तै सीताराम कट्टेलले हास्य जगतका सम्राट भन्दै मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘हास्य जगतका सम्राट आदरणीय मदन दाइलाई जन्मदिनको अनगिन्ती शुभकामना ।’ यस्तै कुमार कट्टेलले पनि जन्मदिनको शुभकामना दिएका छन् ।

निर्देशक प्रदीप भट्टराईले जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्यको कामना गरेका छन् ।

‘आदरणीय मदनकृष्ण श्रेष्ठ दाइलाई सुखद जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ गायक रामकृष्ण ढकालले जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

मदनकृष्ण श्रेष्ठले आफ्नो आत्मकथा ६ वर्ष लगाएर लेखेका थिए । उनको आत्मकथा ‘महको म’ लोकप्रिय छ ।

लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित मदनकृष्ण श्रेष्ठ पछिल्लो समय अभिनयमा खासै सक्रिय छैनन् । उनले नेवारी गीतमा पनि स्वर दिएका छन् । मदनकृष्ण श्रेष्ठ पेन्टिङमा पनि उत्तिकै रुचि राख्छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : २३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु