कि खान देऊ, कि जान देऊ: नाजिर हुसेन « Khabarhub

कि खान देऊ, कि जान देऊ: नाजिर हुसेन


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला सरकारले गरेको लकडाउनका कारण कलाकारहरु होम क्वारेन्टाइनमा छन् । कलाकारहरु फुर्सदमा हुँदा सामाजिक सञ्जालमा सक्रियता बढाएका छन् ।

यसैबीच कलाकार नाजिर हुसेनले सरकारलाई खबरदारी गर्दै एक पोस्ट सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले प्लेकार्ड बोकेको श्यामस्वेत तस्वीर शेयर गर्दै सरकारलाई खबरदारी गरेका हुन् ।

‘सत्ता तपाईंसँगै छ, शक्ति तपाईंसँगै छ, अनि लौरो पनि तपाईंसँगै छ’ नाजिरले प्लेकार्डमार्फत आह्वान गरेका छन्, ‘कि खान देऊ, कि जान देऊ ।’

नाजिरले लकडाउनका कारण अलपत्र परेका मजदुरको पक्षमा आवाज उठाएका छन् । यसअघि नाजिरले कवितामार्फत घर नभएर अलपत्र परेकाको सम्मानमा कविता लेखेका थिए ।

लकडाउनका समयमा नाजिरले कविता लेख्ने तथा पुस्तक पढ्ने गरिरहेका छन् । साथै उनी सामाजिक सञ्जालमा पनि रमाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  २ : ५८ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन