नेपालमा ४ जना कोरोना संक्रमित उपचारपछि निको | Khabarhub Khabarhub

नेपालमा ४ जना कोरोना संक्रमित उपचारपछि निको


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् । शनिबार साँझ उदयपुरमा १ जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्येका ४ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पनि निको भएर घर फर्किएका छन् ।

गत चैत २२ गते कोरोना संक्रमण देखिएका कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक उपचारपछि निको भएर घर फर्किएका हुन् ।

उनी १६ दिनको अस्पताल बसाइ पछि आइतबार घर फर्किएका हुन् । पछिल्लो पटक गरिएको दोस्रो र तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्तपालले जानकारी दिएको छ ।

यस्तै, शनिबार मात्रै २ जना कोरोना संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किएका थिए ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया किशोरी शनिबार अस्पतालबाट डिस्चार्ज भएकी थिइयन् ।

यस्तै, बाग्लुङ ६५ वर्षीया महिला पनि उपचार पछि निको भएर शनिबार साँझ नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एक जनामा कोरोना संक्रमण देखिएको थियो । उनी पनि करिब २ हप्ता अस्पताल बसेपछि निको भएर घर गएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ५ : ०८ बजे

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर-  वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने

संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन्

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।