काठमाडौं महानगरका ४ सय ६४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

काठमाडौं महानगरका ४ सय ६४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्‍यापिड डाइनोस्टिक टेस्टलाई तीव्रता दिएको छ ।

महानगरले हालसम्म परीक्षण गरिएका ४ सय ६४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको जानकारी गराएको छ ।

सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै सुरुमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ का ३९ जनाको र्‍यापिड टेस्ट गरिएको महानगरले जनाएको छ ।

त्यसैगरी दोस्रो दिन वडा–४ मा ५१ जनाको टेष्ट गरेको र शुक्रबारसम्म ८ वटा वडाका ४ सय ३ जनाको टेस्ट गरेको जनाएको छ । महानगरले शनिबारसम्म ४ सय ६४ जनाको टेष्ट गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको हो ।

काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार शनिबार भित्री शहरमा १८, १९, २०, २१, २२, २३, २४, २९ गरी ८ वटा वडाका ७८ जनाको टेष्ट गरिएको हो । बसन्तपुर डवलीमा सामाजिक दूरी कायम गरी टेष्ट गरिएको उनले बताए ।

शनिबार गरिएको टेष्टमा ७८ जनाकै रिपोर्ट नेगेटिभ आएको बज्राचार्यले जानकारी दिए । उनले वडा–१२, १३ र १४ को टेष्ट आइतबार गरिएको जानकारी दिए ।

त्यसैगरी शुक्रबार एकै ठाउँमा ९, १०, ३१, ३२ वडाको टेष्ट गरिएको थियो । जहाँ २ सय ४८ जनाको टेष्ट भएको थियो । त्यस्तै वडा–१५ का ४८ जनाको पनि भइसकेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेका लगायतका व्यक्तिहरुको परीक्षण गरिएको जानकारी दिए ।

उनले परीक्षणका लागि ३२ वटै वडामा लाई सक्रिय बनाइएको बताए । विदेशबाट फर्किएकाहरुको तथ्याङ संकलन गरिरहेको पनि उनले जानकारी दिए । उनले हालसम्म परीक्षण गरिएकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको समेत जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : ३६ बजे

ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित

म्याग्दी– नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर