वीरगञ्जका कोरोना संक्रमित ४ जनामध्ये ३ जनाको रिपोर्ट पुनः पोजेटिभ | Khabarhub Khabarhub

वीरगञ्जका कोरोना संक्रमित ४ जनामध्ये ३ जनाको रिपोर्ट पुनः पोजेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोनाभाइरस संक्रमितमध्ये ३ जनाको दोस्रो  पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको छ ।

दोस्रो पटकको परीक्षणमा एक जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

वीरगञ्ज–२ छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय जमातीमा एक साताअघि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । रौतहटबाट पठाइएका संक्रमित एक युवकको उपचार पनि नारायणी अस्पतालमा नै भइरहेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले उनीहरुको तेस्रो चरणको परीक्षणका लागि आइतबार  ‘स्वाब’ नमुना संकलन गरेर प्रयोगशाला पठाइएको जानकारी दिए ।

थप परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर प्रदेश नं ३ को राजधानी हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।

संक्रमित जमाती पुगेको क्षेत्रमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट  समेत गरिएमा सबैको रिपोर्ट नेगेटिभ आएको समेत अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ३० बजे

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र