वर्षैभरि ‘फ्लप’ फिल्म, ९ महिनामा १ सय १८ फिल्म दर्ता ! « Khabarhub

वर्षैभरि ‘फ्लप’ फिल्म, ९ महिनामा १ सय १८ फिल्म दर्ता !


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०७५ लाई बिदाइ गर्न केही हप्ता मात्र बाँकी छ । यस वर्ष रिलिज भएका धेरै फिल्मले आशा गरिएअनुरूप व्यापार गर्न सकेनन् । एकाध फिल्मले बाहेक अरु फिल्म डुबे ।

चलचित्र विकास बोर्डमा साउनदेखि चैत्रको मध्येसम्म आइपुग्दा सयभन्दा बढी फिल्म दर्ता भएका छन् । चलचित्र विकास बोर्डमा साउनयता यो समाचार तयार पार्दासम्म १ सय १८ वटा फिल्म दर्ता भएको विकास बोर्डको रेकर्ड छ ।

यस्तै ९ महिनामा ९८ वटा फिल्म सेन्सर भएको विकास बोर्डले जनाएको छ । यसरी हेर्दा महिनामा दश वटा फिल्म रिलिज भएका छन् । जुन नेपाली बजारअनुसार निकै धेरै हो । नेपाली फिल्म धेरैभन्दा धेरै रिलिज भएका कारण पनि दर्शकले यतिबेला नेपाली फिल्म भन्नबित्तिकै नाक खुम्च्याउन थालेका छन् ।

फिल्म हेर्न दर्शक आउँदैनन्

एकैपटक हलमा चारवटासम्म फिल्म रिलिज भए पनि नेपाली फिल्म भने घरेलु दर्शकको नजरमा पर्न सकेका छैनन् । यतिसम्म कि, हलमा दर्शक ओराल्न सक्ने भनेर विश्वास गरिएका नायक अनमोल केसीको फिल्मले पनि माहोल बनाउन सकेन । पछिल्लो समय ‘छक्का पञ्जा’ सिरिजले भने राम्रो कमाइ गर्ने गरेका छन् । यता हल मालिकले पनि विदेशी फिल्मले चलाएर हल पाल्नुपरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : ०० बजे

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने

चालु आवको दुई महिनामा वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढ्यो, घाटा ३ खर्ब २४ अर्ब ९३ करोड नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालको