कोरोना भाइरस : विश्वभर एकैदिन ४ हजार ८८७ को मृत्यु, ७४ हजार संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर एकैदिन ४ हजार ८८७ को मृत्यु, ७४ हजार संक्रमित


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ४ जहार ८८७ जनाको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या १ लाख ६४ हजार ९२२ पुगेको छ । सोमबार विहान ७ बजेसम्म एकैदिन विश्वभर ७४ हजार ८३ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ४ हजार ८५१ पुगेको छ ।

एकैदिन संक्रमित र मृत्यु हुनेको धेरै संख्या अमेरिकाकै छ । त्यहाँ अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म थप १ हजार ५१० को मृत्यु भएसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ६३ हजार ५७९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ७० हजार ९३८ जना उपचारपछि निको भएका छन् ।  उपचार गराइरहेका ६ लाख ५२ हजार ११७ जनामध्ये १३ हजार ५६६ को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २३ हजार ६६० पुगेको छ ।

आइतबार थप ४३३ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार ६६० पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ४७ हजार ५५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ८ हजार २५७ जनामध्ये २ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४१० जनाको मृत्यु भएको छ भने ४ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४५३ पुगेको छ ।

सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ हजार ३५७ जना उपचारपछि निको भएका छन् ।

७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ८६४ जना उपचाररत छन् ।

यस्तै फ्रान्समा १९ हजार ७१८, बेलायतमा १६ हजार ६०, जर्मनीमा ४ हजार ५८६, इरानमा ५ हजार ११८ जनाको मृत्यु भएको छ ।

महामारी फैलिएको साढे ३ महिना भन्दाबढी हुँदा पनि औषधि तथा खोपको विकास हुन नसक्दा संसारका कयौँ मुलुकहरु लकडाउनको अवस्थामा रहँदा पनि मृतक र संक्रमितको संख्या बढ्दो छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : २९ बजे

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि