बीसीजी खोप प्रयोग गरिएकामा प्रतिरोधी क्षमता बढी, नेपालमा कोरोनाको मृत्युदर कम हुन सक्ने | Khabarhub Khabarhub

बीसीजी खोप प्रयोग गरिएकामा प्रतिरोधी क्षमता बढी, नेपालमा कोरोनाको मृत्युदर कम हुन सक्ने


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी शोधकर्ताहरुको एक अध्ययनले बीसीजी (बेसिलस क्यालमेट गुएरिन) खोपको ठूलो मात्रामा प्रयोग गरिएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने निचोड निकालेको छ ।

क्षयरोग (ट्युबरकुलोसिस) विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउन लगाइने बीसीजी खोपले कोरोना भाइरसको संक्रमणबाट जोगाउन पनि केही कम गर्ने शोधकर्ताहरुको अध्ययनले देखाएको छ ।

बीसीजी खोप लगाइएका देशहरुमा कोरोनाभाइरसको संक्रमणबाट हुने मृत्युदर अन्य देशहरुको तुलनामा ६ गुणा कम पाइएको छ ।

जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका विशेषज्ञहरुले गरेको उक्त अध्ययनको परिणामलाई आर्काइभ साइट मेडरिक्सिभमा प्रकाशित गरिएको छ । स्वास्थ्य विशेषज्ञको समीक्षापछि यसलाई मेडिकल जर्नलमा पनि प्रकाशित गरिने तयारी भएको छ ।

बेलायती प्रख्यात पत्रिका डेलीमेलमा प्रकाशित समाचारअनुसार बीसीजी खोप दिइएको व्यक्तिहरुमा रोग प्रतिरोधी क्षमता बढी हुने र अन्य व्यक्तिहरुको तुलनामा स्वयंलाई संक्रमणविरुद्ध धेरै सुरक्षित राख्न सक्ने पाइएको छ ।

नेपालमा पनि २०३४ पनि बीसीजी खोपको प्रयोग ब्यापक मात्रामा गरिदै आएकाले कारोनाबाट हुने मृत्यु दर कम हुने आकलन सुरु भएका छन् ।

नेपालमा आइतबारसम्म ३१ जना कोरोना भाइरसका संक्रमित देखिएकामा ४ जना उपचारपछि ठीक भएर घर फर्किसकेका छन् ।

यद्यपि बीसीजी खोप लगाउनेहरुको कोरोनाभाइरस संक्रमणबाट मृत्युदर कम भएको पाइए पनि यसबाट संक्रमणको खतरा कम हुने या नहुने भन्नेबारे आधिकारिक पुष्टि गरिएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १० : १३ बजे

विभाग सक्रिय भएपछि बढ्यो देउवाको सक्रियता, दिन बिराएर पुग्छन् सानेपा

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ