लकडाउनका बेला मासु पसलको अलग्गै ठगी धन्दा | Khabarhub Khabarhub

लकडाउनका बेला मासु पसलको अलग्गै ठगी धन्दा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमलविनायक– भक्तपुर नगरपालिकाले दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलमा अनुगमन गरेको छ ।

नगरपालिकाको पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमनमा अधिकांश मासु पसलले उपभोक्ता ठगी गरेको पाइएपछि तराजु जफत गरिएको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको अवस्थामा मासु पसलेले मनपरी मूल्य लिई कालोबजारी गरी राँगोको मासु महँगोमा बिक्री वितरण गरेको, न्यूनतम मापदण्ड नपुगेको पाइएपछि अधिकांश पसलका तराजु जफत गरिएको संयोजक राजकृष्ण गोराले जानकारी दिए ।

अनुगमनमा सालागणेश मिट सप, बालकुमारी कोल्ड स्टोर, रत्न शाहीको राँगोको मासु पसल, महिमा मिट सप, सुमन मिट सप दर्ता नवीकरण नगरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, डिजिटल तराजु प्रयोग नगरेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, महँगोमा मासु बिक्री र मूल्यसूची नराखेको पाएपछि ती सबै पसलको एक एक थान तराजु जफत गरेको छ ।

अनुगमन गरिएका सबै पसललाई देखिने गरी मूल्यसूची राख्न, कालो बजारी नगर्न, कुखुरा र राँगोको मासु छुट्टै फ्रिजमा राख्न, मासु झिँगा नभन्किने गरी जालीले छोप्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न, पसलमा मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, सफाइमा ध्यान दिन निर्देशन दिएको अनुगमनका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : ०५ बजे

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई राहत उपलब्ध

मलेखु – एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका

बाढीपहिरो : काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन

काभ्रेपलाञ्चोक– गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति

लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी : हिजबुल्लाह

एजेन्सी– हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी  झडपमा सक्रिय

कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल, पर्यटन व्यवसायी उत्साहित

फुङ्लिङ– कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै

चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व