यूएनएफपीएले नेपाललाई दियो १२०० थान पीपीई | Khabarhub Khabarhub

यूएनएफपीएले नेपाललाई दियो १२०० थान पीपीई


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको  प्रयासमा सहयोग पुर्‍याउने प्रतिवद्धता अनुरुप १ हजार २०० वटा व्यक्तिगत सुरक्षा कवच (पीपीई) हस्तान्तरण गरेको छ ।

नेपाल, चीन र यूएनएफपीए बीच दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरिएको हो । तीन करोड ४ लाख ८० हजार मूल्य बराबरको ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, एन– १९ मास्क, फेस सिल्ड,आइगगल्स्,हेड एण्ड शुकभर्स,लङ्ग स्लिभ् इम्पर्भियस गाउन्स, डिस्पोजेबल ब्याग्स एण्ड गम्बुट्स रहेका यूएनएफपिएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवन बचाउन अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पीपीईका अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ को महामारीको दौरान क्वारेन्टाइनका महिला र किशोरीहरूको तत्काल सरसफाइ र संरक्षण आवश्यकताहरू सम्बन्धी मर्यादा किट ( डिग्निटी किट्स) सरकार र स्थानीय सङ्घ सस्थाको समन्वयमा यूएनएफपीएले प्रदान गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

ती सामग्रीमा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग योग्य मासिक प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : ५४ बजे

विभाग सक्रिय भएपछि बढ्यो देउवाको सक्रियता, दिन बिराएर पुग्छन् सानेपा

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ