एसियाली बजारमा दुई दशकयताकै सस्तो भयो तेलको मूल्य | Khabarhub Khabarhub

एसियाली बजारमा दुई दशकयताकै सस्तो भयो तेलको मूल्य


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो ।

सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना महामारीका कारण मागमा कमी आएपछि मूल्यमा पनि व्यापक गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् ।

विश्लेषकहरुका अनुसार यसै अप्रिल महिनामा विश्वका ठूला तेल उत्पादक मुलुकहरुबीच प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति भए पनि त्यसले बजारलाई स्थायित्व दिन सकेको देखिएन । विश्वका धेरै देशमा हाल जारी लकडाउन र यात्रा प्रतिबन्धले अर्बौं मानिस घरभित्रै बस्न बाध्य भएका कारण तेलको मागमा व्यापक कमी आएको छ ।

डब्लुटिआईको ओक्लाहोमास्थित कुसिङ तेल भण्डारणमा तेल भरिन लागेको छ । एएनजेडले मागमा कमी आएका कारण कच्चा तेलको मूल्यमा दबाब रहिरहने बताएको छ ।

इटाली, स्पेन, फ्रान्स र बेलायतमा कोरोनाभाइरसका कारण हुने दैनिक मृत्यु दर एवं संक्रमित दरमा कमी आएको बताएका छन् । युरोपका देशहरुले लकडाउनमा विस्तारै सहजीकरण गर्न योजना अघि सार्न थालेका छन् भने संयुक्तराज्य अमेरिकामा अर्थतन्त्र र बजार खुलाउन माग गर्दै प्रदर्शन पनि हुन थालेको छ ।

शेयर बजारतर्फ हङकङ, शाङघाई र सियोलको बजार ०.१ प्रतिशतले बढेको छ भने वेलिङटनको शेयर बजार ०.४ प्रतिशतले वृद्धि भएको छ । तर टोकियो शेयर बजार ०.९ प्रतिशतले घटेको छ । सिड्नी र मनिला शेयर बजार १ प्रतिशतले घटेको छ । ताइपेई, सिंगापुर र जकार्ताको शेयर बजारमा कमी आएको छ ।

लगानीकर्ताहरुले वासिङ्टन डिसीतर्फ ध्यानदृष्टि लगाएका छन्, जहाँ अमेरिकी कङ्ग्रेस र ह्वाइट हाउसबीच साना व्यवसायलाई मद्दत गर्नेगरी अघि सारिएको ४ खर्ब ५० अर्ब डलरको राहत प्याकेजका बारेमा छलफल जारी छ । अमेरिकी सरकारले यसअघि नै अर्थतन्त्रलाई जोगाउन २० खर्ब डलरको राहत प्याकेज घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ५ : २८ बजे

नेपाल कम्पोस्ट सचेतना सप्ताह मनाइँदै

काठमाडौं– ‘दिगो समुदाय कम्पोस्टबाट सुरु हुन्छन्’ भन्ने मूल नाराका साथ

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

गण्डकी– तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं–   यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय  टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु

नागढुङ्गा–नौबिसे सडक राति पाँच घण्टा बन्द गरिने

धादिङ– नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातको समयमा बन्द गरिने

अपाङ्ग र ज्येष्ठ नागरिकलाई  गाउँमै राष्ट्रिय परिचयपत्र

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले