५ वटा ब्रुमरले काठमाडौं सफा गर्ने, यस्तो छ रुट (भिडियो सहित) « Khabarhub

५ वटा ब्रुमरले काठमाडौं सफा गर्ने, यस्तो छ रुट (भिडियो सहित)


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले इटलीबाट ल्याएको पाँचवटा आधुनिक ब्रुमर आज बाट सञ्चालनमा ल्याएको छ ।

यसका लागि महानगरले विभिन्न पाँच वटा रुट पनि तय गरेको छ । काठमाडौं उपत्यकामा धुलोको समस्या समाधान गर्न महानगरले प्रति ब्रुमर २ करोड १७ लाख मूल्यमा ब्रुमर ल्याएको हो ।

यस्तो छ ब्रुमर सञ्चालन हुने रुटहरु–

रुट नं १– टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकी त्यसपछि सोल्टीमोड–टेकु–त्रिपुरेश्वर–सुन्धारा–नयाँ सडक–जुद्ध सालिक–महाङकाल– जमल–लाजिम्पाट– शितल निवास–शिक्षण अस्पताल–नारायणगोपाल चोकसम्मको मुख्य सडक । त्यस्तै जमल–विश्वज्योति–घन्टाघर–भद्रकाली–शहीद गेट हुँदै सुन्धारासम्म ।

रुट नं २– टेकुबाट त्रिपुरेश्वर–थापाथली–माइतीघर– बबरमहल– बानेश्वर– तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म । त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर– पेप्सिकोला । पेप्सिकोला चोकबाट कोटेश्वर नयाँ बानेश्वर– माइतीघर––थापाथली- त्रिपुरेश्वर -कालीमाटी- बल्खु

रुट नं ३– टेकु–त्रिपुरेश्वर सुन्धाराहुँदै भोटाहिटी –विश्वज्योति –घन्टाघर भद्रकाली सिंहदरबारबाट पुतलीसडकतर्फको सडक । पुतली सडकबाट कमलादी मोड हात्तीसार जयनेपाल हल –दरबारमार्ग –कमलादी –प्रज्ञा भवन , नारायणहिटी हुँदै केशरमहल चोक लाजिम्पाट –खानी तथा भूगर्भ विभाग अगाडिको चोक –गैरी धारा– सभामुख क्वाटर राष्ट बैक– प्रधानमन्त्री निवास । रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा नं ३ कार्यालयको सडक । फर्किंदा शितल निवास– पानी पोखरी हुँदै लैनचौर –सोह्रखुट्टे –बालाजु चोक –स्रोहखुट्टेबाट विष्णुमती –लिङ्क रोड इन्द्रायणी –नरदेवी पुलदेखि टेकुसम्मको सडक

रुट नं ४– टेकुबाट पुतलिसडक– कमलपोखरी ज्ञानेश्वर –मैतीदेवी –पुरानो बानेश्वर– सिनामंगल– एयरपोर्ट गेट –गौशाला –चावहिल होटल हायात फिर्किएर चावहिल –गौशाला बत्तीसपुतली –पुरानो बानेश्वर –मैतीदेवी डिल्लीबजार –पुतलीसडक –प्रदर्शनी मार्ग सिंहदरबार –माइतीघर मण्डला –थापाथली–त्रिपुरेश्वर –टुकु ।

रुट नं ५– टेकुबाट त्रिपुरेश्वर– पोस्ट अफिस– न्यूरोड गेट –बसन्तपुर –इन्द्रचोक –न्यूरोड महांकाल –जमल –केशरमहलबाट त्रिदेवी मार्ग ठमेलबाट फर्किएर दरबारमार्ग आदि

के छ भिडियोमा ?

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : ३९ बजे

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र