कोरोना भाइरस : एकैदिन ५ हजार ३०६ को मृत्यु, ७२ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : एकैदिन ५ हजार ३०६ को मृत्यु, ७२ हजार संक्रमित


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन ५ हजार ३०६ जनाको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या १ लाख ७० हजार ३३७ पुगेको छ । मंगलबार विहान ६ बजेसम्म एकैदिन विश्वभर ७२ हजार ३७२ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ७८ हजार ९४७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा २४ घण्टामा थप १ हजार ९०८ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा मंगलबार विहान साढे ५ बजेसम्म कोरोना भाइरसले मृत्यु हुनेको संख्या ४२ हजार ४८३ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ९२ हजार ७६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ७१ हजार ९४७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ७७ हजार ६४६ जनामध्ये १३ हजार ९४६ को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २४ हजार नाघेको छ ।

सोमबार थप ४५४ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २४ हजार ११४ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २५६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८१ हजार २२८ पुगेको छ । इटालीमा संक्रमितमध्ये ४८ हजार ८७७ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ८ हजार २३७ जनामध्ये २ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३९९ जनाको मृत्यु भएको छ भने १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ । मंगलबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २१० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ८० हजार ५८७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९८ हजार ७७१ जना उपचाररत छन् ।

यस्तै फ्रान्समा २० हजार २६५ को मृत्यु भएको छ भने बेलायतमा कोरोनाले मृत्यु हुनेको संख्या १६ हजार ५०९ पुगेको छ । महामारीको सुरुवात भएको चीनमा भने आइतबारयता कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको मृत्यु भइसकेको छ ।

महामारी फैलिएको साढे ३ महिना भन्दाबढी हुँदा पनि औषधि तथा खोपको विकास हुन नसक्दा संसारका कयौँ मुलुकहरु लकडाउनको अवस्थामा छन् भने मृतक र संक्रमितको संख्या बढ्दो छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : २६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग