ट्रम्पको घोषणाप्रति साउदी अरेबियाको आपत्ति, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको टिप्पणी « Khabarhub

ट्रम्पको घोषणाप्रति साउदी अरेबियाको आपत्ति, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको टिप्पणी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– ‘गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ’ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति साउदी अरेबियाले  आपत्ति जनाएको छ ।

सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको यो घोषणाले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको पनि बताएको छ ।

सिरियाको प्रभुत्व रहेको गोलान हाइटस् इजरायलको हो भनी गरिएको अमेरिकी प्रशासनको निर्णयको साउदी अरेबियाले निन्दा समेत गरेको साउदी अरेबियाली समाचार समिति एसपिएले जनाएको छ ।

सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समेत उपस्थितिमा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले गोलान हाइट्स इजरायलको भएको भन्दै हस्ताक्षर गरेका समाचार आएको थियो ।

सन् १९६७ मा छ दिनको संघर्ष गरी सिरियाली सो भूमि इजरायलले आफ्नो कब्जामा लिएको थियो । हाल उक्त भूभाग इजरायलकै कब्जामा रहेको छ ।

लामो समयदेखि नै अन्तरराष्ट्रिय चासोको विषय बनेको गोलान हाइट्स अमेरिकाले इजरायली भूमीका रुपमा मान्यता दिएको जनाएको छ । यसले भविष्यमा मध्य पूर्वको शान्ति प्रक्रिया र सुरक्षा स्थायित्वमा नकारात्मक प्रभाव पार्ने साउदी अरेबियाले जनाएको छ ।

ह्वाइट हाउसमा भएको यस कार्यक्रमपछि र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशको भलो चाहने व्यक्तिहरुमध्ये ट्रम्प पनि एक जना भएको बताएका थिए ।

गोलान हाइट्समा इजरायलको साभौमिकता स्वीकारको लागि लामो समयदेखि नेतान्याहु राष्ट्रपति ट्रम्पलाई पछ्याइ रहेका थिए ।

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच तर्कसङ्गत छलफल सोमबार हुने र मङ्गलबार दुई नेताले सँगै खाना खाने कार्यक्रम रहेको भएता पनि इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि नेतान्याहु आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए ।

नेतान्याहु केही घण्टा मात्र अमेरिका रहेका थिए । उनले राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका थिए । गोलान हाइट्स इजारायलको भएको अमेरिकी राष्ट्रपतिको हस्ताक्षरपछि उनी स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : ५४ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न