चट्याङ लागेर धादिङमा २ जनाको मृत्यु, ७ जना घाइते « Khabarhub

चट्याङ लागेर धादिङमा २ जनाको मृत्यु, ७ जना घाइते


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौंतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । गम्भीर घाइते अर्का एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफर्मरमा चट्याङ परेपछि लेक मल्डुङ र बेँसीमल्डुङ तथा बालुवाखर्कको सबैको घरमा विद्युत्को हाइभोल्टेज आएको थियो । घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न लाग्दा र बत्ती निभाउन खोज्दा करेन्ट लागेको वडाअध्यक्ष अमित घलेले जानकारी दिए ।

घाइते भएका ४ महिला र २ पुरुषको भुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थल पृथ्वीराजमार्गको महादेवबेँसीबाट चार घण्टाको दूरीमा दक्षिणतर्फ रहेको छ ।

घटनास्थल क्षेत्रमा पानी परिरहेकाले कच्ची सडक निर्माण भए पनि सो क्षेत्रमा सवारी साधन लान नसकिने अवस्थामा रहेको छ । सो क्षेत्रमा हरेक वर्ष चट्याङ पर्ने गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : २७ बजे

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८