भारतको गुफामा भेटिए १ नेपालीसहित ६ विदेशी « Khabarhub

भारतको गुफामा भेटिए १ नेपालीसहित ६ विदेशी


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऋषिकेश– भारतीय राज्य उत्तराखण्डको एक गुफामा लुकेको अवस्थामा ६ विदेशीसहित १ नेपाली फेला परेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले जारी गरेको लकडाउनका कारण अलपत्र परेका उनीहरु भारतीय शहर ऋषिकेश नजिकैको एक गुफामा फेला परेका हुन् ।

गुफामा फेला पर्नेमा ४ पुरुष र २ महिला छन् । पहिले उनीहरु ऋषिकेश शहर नजिकैको होटेलमा बस्दै आएका थिए । तर, होटलमा बस्नका लागि पैसा सकिएपछि उनीहरु गुफामा बस्न पुगेका सीएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

गुफामा फेला पर्नेमा १ नेपाली तथा यक्रेनका २ जना र फ्रान्स, टर्की तथा अमेरिकाका १–१ नागरिक छन् । उत्तराखण्ड प्रहरीका प्रवक्ता मुकेश चन्दले उनीहरु मार्च २४ देखि गुफामा बस्दै आएका जनाएका छन् ।

स्थानीयको सूचनाका लक्ष्मणझुला क्षेत्रको प्रहरीले उनीहरुलाई गुफाबाट उद्दार गरी नजिकैको आश्रममा पठाइएको उत्तराखण्ड प्रहरी प्रवक्ता चन्दले उल्लेख गरेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्भावित संक्रमण रोक्न २ हप्ता सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको उत्तारखण्डका प्रहरी प्रवक्ता चन्दले बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  २ : ०४ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका