गुमनाम गायिका विष्णु माझी: जुन गीत गायो त्यही हिट ! « Khabarhub

गुमनाम गायिका विष्णु माझी: जुन गीत गायो त्यही हिट !


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका विष्णु माझीको स्वरमा जादु छ भन्ने त धेरैले स्वीकार्दै आइरहेका छन् । आधुनिक गायनमा जसरी तारा देवीको चर्चा हुने गर्छ, त्यसरी नै लोकगायिका विष्णु माझीको पनि चर्चा हुने गर्छ यो क्षेत्रमा । उनी गुमनाम छिन्, तर करोडौं नेपालीमाझ स्वरमार्फत लोकप्रिय छिन् ।

विष्णु माझीको एउटै तस्वीर देख्न पाइन्छ । उनी अनुहार देखाउँदिनन् । तर, उनको स्वर आम स्रोताका लागि विशेष बनेको छ । पछिल्लो समय उनले गायका हरेक गीत ‘सुपरहिट’ हुुन थालेका छन् ।

केही समयअघि मात्र गायिका माझीले स्वर दिएको गीत ‘सालको पात टपरी’ एकाएक भाइरल भयो । गीत भाइरल भए पनि उनी खासै मिडियामा आइनन् । कतै अन्तर्वार्तामा पनि उनलाई देख्न पाइएन । उनी गौण छिन् । तर, यो गीत मात्र भाइरल भएन । उनले त्यसपछि गाएको अर्को गीत ‘लालुमै’ पनि दर्शकले उत्तिकै रुचाए ।

विष्णु माझीको स्वर रहेको गीत ‘लालुमै’ को भिडियोको एक दृश्य ।

गायिका एउटै भए पनि गायक तथा संगीत र रचनाकार दुई गीतका रचनाकार फरक छन् । त्यसैले पनि हुनुपर्छ, दर्शक तथा स्रोताले यी दुई गीतबीच तुलना समेत गरेको पाइन्छ । यस अर्थमा पनि दर्शकले तुलना गरेका छन् कि, दुवै गीत एकाएक भाइरल भएका थिए ।

अहिले आएर विष्णु माझीको स्वर रहेको अर्को गीतले पनि दर्शकको मन जितेको छ ।

युट्युबमा सार्वजनिक गीत ‘केसरी’ मा विष्णु माझीसँगै दिनेश क्षेत्रीको स्वर छ । अघिल्लो हप्ता रिलिज भएको यो गीतलाई स्रोता तथा भिडियो हेर्ने दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् । यो समाचार तयार पार्दासम्म युट्युबमा कमेन्ट गर्नेहरु झण्डै १२ सय छन् । गीतमा सावित्रा चिलुवालका शब्द छन् भने दिनेश क्षेत्री र सुनील बिसीले गीतमा संगीत भरेका छन् ।

विष्णु माझीले स्वर दिएको गीत ‘सालको पात टपरी’ को भिडियोमा मरिश्का पोखरेल

विष्णु माझीका फ्यानले उनका एकपछि अर्को गीत हिट मात्र बनाएका छैनन् । उनलाई लाइभ गायनमा पनि हेर्ने चाहना व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले युट्युबमा लेखेका छन्, ‘विष्णु माझीको ह्याट्रिक, सालको पात टपरी, लालुमै, केशरी ।’

हुन पनि पछिल्लो समय विष्णु माझीले स्वर दिएका यी तिनै गीतले लोक संगीत क्षेत्रमा तरङ्ग ल्याइदिएका छन् ।

युट्युबमा कमेन्टमा पनि विष्णु माझीको स्वरको प्रशंसा र चर्चा धेरै गरिएको छ । यो गीतलाई युट्युबमा मात्र दश दिनमा ६ लाखभन्दा बढीले हेरेका छन् भने यो गीत युट्युबको ट्रेन्डिङ नम्बर १६ मा छ ।

विष्णु माझीको स्वर रहेको गीत ‘केसरी’ को भिडियोमा मोडल ।

पछिल्लो समय ‘सालको पात टपरी’ सर्वाधिक लोकप्रिय भएपछि फ्यानले माझीको खोजी गरेका थिए । उनलाई आफ्नै श्रीमानले नै गुमनाम राखेको आरोप लागेको थियो । त्यसपछि स्याङ्जा प्रहरीले चासो राखेर खोजीको पहल गरेपछि विष्णु माझी स्याङ्जा पुगेर आफ्नो खुशीले गुमनाम भएको बताएकी थिइन् ।

कुनै बेलाका लोकप्रिय गायिका बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, हरिदेवी कोइराला लगायतका उनीसँगैका गायिकाहरु पछिल्लो समय त्यति चर्चामा नरहे पनि विष्णु माझीले भने एकपछि अर्को हिट गीत दिएकी छिन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ३० बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना