५ उपराष्ट्रपति भएको देश सुडानमा भेन्टिलेटर ४ मात्र ! | Khabarhub Khabarhub

५ उपराष्ट्रपति भएको देश सुडानमा भेन्टिलेटर ४ मात्र !


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यतिबेला विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लडिरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाले अहिले युरोपका राष्ट्र र अमेरिकालाई बढी प्रभावित बनाएको छ ।

तुलनात्मक रुपमा अफ्रिकी देशमा संक्रमण कम छ । यदी संक्रमण फैलिए त्यहाँको स्थिति भयावह हुने विश्लेषण हुन थालेको छ । किनकी अफ्रिकी धेरै देशमा आधारभूत स्वास्थ्य सुविधाको अभाव छ । स्वास्थ्य सुविधाको अभावसँग जुधिरहेका यी देशहरुमा संक्रमितको उपचारको लागि न्यूनतम सुविधा पनि छेन ।

स्थिति यस्तो छ कि १० वटा अफ्रिकी देशहरुसँग एउटा पनि भेन्टिलेटर छैन । ४१ वटा देशहरुमा २ हजार भन्दा कम संख्यामा भेन्टिलेटर छन् ।

१ करोड १० लाख जनसंख्या भएको देश सुडानमा उपराष्ट्रपति ५ जना छन् तर भेन्टिलेटर भने केवल ४ वटा मात्र छन् । मध्य अफ्रिकी गणराज्यका ५० लाख नागरिकको लागि केवल ३ भेन्टिलेटर छन् । लाइबेरियामा ६ भेन्टिलेटर छन् । तीमध्ये एउटाको प्रयोग अमेरिकी दूतावासले गर्छ ।

१ लाख ७० हजार भेन्टिलेटर उपलब्ध भएको देश अमेरिकाले अहिले कोरोनाभाइरससँग संघर्ष गरिरहेको स्थिति हेर्दा यी कमजोर स्वास्थ्य सुविधा भएका देशहरुको हालत कल्पना पनि गर्न सकिँदैन ।

विश्व स्वास्थ्य संगठनले अफ्रिकी देशहरुमा हुनसक्ने विनाशलाई लिएर विशेषज्ञहरु चिन्तित भएको जनाएको छ । जुन देशमा मास्क, अक्सिजन र साबुन पानी जस्ता आधारभूत सुविधासमेत सर्वसुलभ छैन ती देशमा कोरोनाभाइरसको महामारी फैलिएमा कसरी रोक्ने भन्ने चिन्ताले विशेषज्ञलाई सताएको छ ।

विश्व स्वास्थ्य संगठनले यी देशलाई बचाउनको लागि यहाँ कोरोनाभाइरसको महामारी फैलिनै नदिनु एकमात्र विकल्प भएको ठहर गरेको छ । संयुक्त राष्ट्रसंघको सर्वेक्षण अनुसार २०१५ सम्म सहारा मरुभूमि क्षेत्रका १५ प्रतिशत अफ्रिकीहरुसँग मात्र हात धुने सुविधा थियो । २०१७ मा लाइबेरियामा गरिएको सर्वेक्षणमा ९७ प्रतिशत घरमा स्वच्छ पिउने पानी नभएको पाइएको थियो । शोध समूह सेन्टर फर ग्लोबल डेभलपमेन्टका विश्व स्वास्थ्य नीति निर्देशक क्यालिप्सो चालकिडोका अनुसार त्यहाँ जुन कुराहरुको आवश्यकता छ ती न्यूनतम हुन् ।

स्वास्थ्य संसाधनविहीन कैयौं देशले आफ्ना नागरिकलाई बचाउन कर्फ्यू र यातायात प्रतिबनधको सहारा लिइरहेका छन् । यहाँको लागि सबैभन्दा राम्रो कुरा यही हो कि यी प्रतिबन्ध सुरुवाती चरणमै लागू गरिसकिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ५३ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार