लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागिता « Khabarhub

लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागिता


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागीता हुने भएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई नेपालका लागी बङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी सम्मेलनमा बङ्गलादेशको सहभागिता हुने बताएका हुन् ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा पनि छलफल भएको थियो । भेटमा बङ्गलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिए ।

राजदूत विन्तेले उर्जा क्षेत्रमा लगानीका लागी बङ्गलादेश सरकार इच्छुक रहेको बताउँदै द्विपक्षिय भेटमा नेपाल र बङ्गलादेशबीच उर्जा ब्यापार सम्बन्धी भएका समझदारीको आधारमा तय भएका विभिन्न कार्यक्रमहरुका बारेमा समेत समिक्षा भएको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुनका संचार सल्लाहकार रोशन खड्काले जानकारी दिए ।

भेटमा मन्त्री पुनले बङ्गलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ५७ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका