यी महिला जसले १२ वर्षअघि नै कोरोना भाइरसको भयावहबारे गरेकी थिइन भविष्यवाणी « Khabarhub

यी महिला जसले १२ वर्षअघि नै कोरोना भाइरसको भयावहबारे गरेकी थिइन भविष्यवाणी


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हाल विश्व कोरोनाभाइरस विरुद्धको लडाइँ लडिरहेको छ । अहिले विश्वमा कोरोनाको भयावह अवस्था आए पनि यस विषयमा १२ वर्ष अघि नै यस्तो स्थितिको सामना गर्नुपर्ने एक महिलाले भविष्यवाणी गरेकी थिइन् ।

कोरोना भाइरसबारे १२ वर्ष अघि गरिएको भविष्यवाणी अहिले आएर सत्य सावित भएको छ । सन् २०१२ मा प्रकाशित ‘इन्ड अफ डेज’ पुस्तकमा निमोनिया जस्तै खतरनाक रोग सन् २०२० मा फैलने भनिएको थियो ।

पुस्तकमा फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलन भनिएको थियो । यस्तो भविष्यवाणी गरिएको पुस्तक लेख्ने लेखिका हुन्- सिल्भिया ब्राउनी ।

भविष्यवाणी गरिएको पुस्तक प्रकाशित भएको अर्को वर्ष नै ब्राउनीको ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी आफूले गरेका भविष्यवाणी पुस्तकमा लेख्ने गर्थिन् । आफूले गरेका भविष्यवाणीले कतिपय आपरधिक घटनामा प्रहरीलाई सहयोग गरेको समेत उनी दाबी गर्थिन् ।

आफूमा अलौकिक शक्ति भएको दाबी गर्ने उनले कतिपय घटनामा हराएका मानिस कहाँ छन् भनेर समेत भविष्यवाणि गर्थिन । भविष्यवाणी गर्ने ब्राउनीले ४० पुस्तकहरु प्रकाशित गरेको पाइएको छ ।

जसमध्ये भविष्यको बारेमा बढी उल्लेख थियो र बढी विक्री भएकामध्ये पर्दथे । उनका पुस्तकमध्ये सिक्रेट्स एन्ड मिस्ट्रिज अफ दी वल्र्ड, इफ यु कुड सी ह्वाट आई सी, इन्साइट र इन्ड अफ डेज बढी विक्री भएकामा पर्छन् । इन्ज अफ डेजमा नै उनले सन् २०२० मा निमोनिया जस्तै रोग फैलन लेखेकी थिइन् ।

१९ अक्टोबर सन् १९३६ मा सिल्भिया सुमेकरका रुपमा अमेरिकाको क्यालिफोर्निमा जन्मिएकी सिल्भिया ब्राउनी तीन वर्षकै उमेरमा अलौकिक शक्तिकी थिइन् । सिल्भिया ब्राउनीको पुस्तकले कोरोना भाइरस कसरी फैलन्छ र परिणाम के हुन्छ भन्ने समेतको भविष्यवाणी गरेकी थिइन ।

पुस्तकले यो रोग जति छिटो आयो उति छिटो नै हराउने भविष्णवाणी गरेको छ । रोगले केहीवर्षपछि आक्रमण फैरि गर्न सक्ने तर, पूर्ण रुपमा हराउने भनेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ८ : २३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६