नेकपाको आन्तरिक एकता थप सुदृढ तुल्याइने प्रधानमन्त्री ओलीको भनाई | Khabarhub Khabarhub

नेकपाको आन्तरिक एकता थप सुदृढ तुल्याइने प्रधानमन्त्री ओलीको भनाई


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन् ।

लेनिन जयन्तीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउन प्रेरणा दिने ओलीले विश्वास व्यक्त गरे ।

बितेका यी वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र सङ्गठित गर्दै आएको तथा अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै सङ्घर्षको नेतृत्व गरिरहेको उनले स्मरण समेत गरेका छन् ।

अप्रिल २२ (वैशाख १० गते), ७१ वर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजकै दिन विश्वमा परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो ।

नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो भने वर्तमान सत्तारुढ नेकपाको २०७५ जेठ ३ गते एकता भएको थियो ।

‘सात दशकको अवधिमा लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भयो तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो,’ प्रधानमन्त्री एवं अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढाइयो ।’

कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको उनको दावी छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ८ : ३५ बजे

रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज 

काठमाडौं– बुक बिल्डिङमार्फत सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न लाग्दा रिलायन्स

ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो

काठमाडौं– अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य

प्राधिकरण-ईप्पान साझेदारीमा काबेली करिडोर प्रसारण लाइन पुनःनिर्माण सम्पन्न

काठमाडौं – इलामको माइखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर

अमेरिका र चीनबीच सहकार्य हुनुपर्छ : चिनियाँ राष्ट्रपति सी 

बेइजिङ– बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति

सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र

काठमाडौं – सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ