र्‍यापिड टेस्टको नतिजा पोजेटिभ आएपछि थुनामा राख्न ल्याइएका व्यक्ति आइसोलेसनमा भर्ना « Khabarhub

र्‍यापिड टेस्टको नतिजा पोजेटिभ आएपछि थुनामा राख्न ल्याइएका व्यक्ति आइसोलेसनमा भर्ना


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– ज्यान मार्ने उद्योग (प्रयास) गरेको आरोपमा पक्राउ परेका व्यक्तिको र्‍यापिड परीक्षण गर्दा कोरोना संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएपछि उनलाई थुनामा नराखी आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको अभियोगमा पक्राउ परेका आरोपितको र्‍यापिड टेस्ट (आरडीटी) गर्ने क्रममा कोरोना संक्रमणको संकेत देखिएको हो ।

आरडीटीका क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । आरोपित घाइते सोगवीरका भिनाजु हुन् ।

सप्तरीको चनही मल्हनिया घर भई ससुरालीमा घरज्वाइँ बस्दै आएका आरोपित र उनका साला सोगवीरबीच जमिनको विषयमा विवाद रहेको छ । कदमको रुख काट्ने विषयमा सोमबार विवाद हुँदा धारिलो हतियारले सालाको कान छिनिएको हो । आरोपितले घाँटी ताकेर प्रहार गरेको खुकरी छल्दा कान काटिएको घाइतेले बताए ।

छिनिएको कान लिएर उपचारका लागि घाइते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेको घाइतेका दाजु रघुवीर रामले बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आरडीटी पोजेटिभ देखिएका आरोपित ४८ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने बताए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : ४५ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ