४० हजार घुससहित वरिष्ठ पशु विकास अधिकृत पक्राउ | Khabarhub Khabarhub

४० हजार घुससहित वरिष्ठ पशु विकास अधिकृत पक्राउ


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जनकपुरधाम– धनुषाको जनकपुरधामस्थित राईजोवियम तथा घाँसेबारी बीउ विजन प्रयोगशालाका २ जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

निर्माण सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशबापत सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरी पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले यादव र चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई घुस लिइसकेको अवस्थामा जनकपुर उपमहानगरपालिका–४ विसाहाराबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ५५ बजे

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक

काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको

के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन

काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी