कोरोनाविरुद्धको शहरी संघर्ष : लकडाउनको ३० औं दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर) « Khabarhub

कोरोनाविरुद्धको शहरी संघर्ष : लकडाउनको ३० औं दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चरणवद्ध रुपमा गरेको लकडाउनको आज ३० दिन पूरा भएको छ । यो अवधिमा पहिलो दिनदेखि आजसम्म देशको संघीय राजधानी काठमाडौं प्राय सुनसान देखियो ।

देशभर नै अत्यावश्यक काम बाहेककाे अवस्थामा सर्वसाधारणलाई घर बाहिर निस्किन दिइएको छैन । सर्वसाधारणले पनि सरकारको उक्त आदेशलाई केही हदसम्म पालना गरेको देखिन्छ ।

प्रहरीले खाद्यान्न, पानी, तरकारी बोकेका सवारी साधनलाई विना रोकतोक चल्न दिएको छ भने पास नलिई आवजजावत गरेकालाई भने केरकार गरेको छ ।

३० औं दिनसम्म पनि काठमाडौं पूर्ण रुपमा बन्द छ । औषधि पसल, फलफूल पसल र खाद्यान्न पसल भने फाटफुट खुलेका छन् । प्रायः व्यस्त रहने राजधानीका पसलहरु बन्द भएको एक महिना भइसकेको छ ।

प्रहरीले थानकोट नाका हुँदै बाहिर जाने सवारीलाई कडाइका साथ चेकिङ गरे पनि राजधानीमा भने फाटफुट सवारी पास विना पनि यताउता गरिरहेका छन् ।

राजधानीका ठूला अस्पताल, फार्मेसी र केही सुपरमार्केटबाहेक अरु बन्द छन् । हेर्नुस् तस्वीरहरुः

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : ४९ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि