मन मिल्दा पार्टीमा केही हुँदैन, नमिल्दा प्रतिशतले रोक्दैन : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

मन मिल्दा पार्टीमा केही हुँदैन, नमिल्दा प्रतिशतले रोक्दैन : प्रधानमन्त्री ओली


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुसँग छलफल गरेका छन् ।

अध्यक्षद्वयले नेकपाका सांसदहरुसँग बुधवार बालुवाटारमा छलफल गरेको र यो क्रम विहीबार पनि जारी रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको छलफलमा बुधवार सुदूर पश्चिम प्रदेशबाट सांसदहरुसँग छलफल शुरु भएको हो । प्रदेश नम्बर १ र बागमती प्रदेश हुँदै क्रमश सातवटै प्रदेशका सांसदहरुसँग आज र भोलि छलफल गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

सोमबार जारी भएका दुई अध्ययादेश र कोरोना भाइरसका कारण लगाइएको लकडाउनका विषयमा अध्यक्षद्वयले सांसदहरुलाई प्रस्ट पारिरहेका छन् ।

अध्ययादेशबारे धेरैको चासो

छलफलका क्रममा धेरै सांसदहरुले अध्यादेशबारेमा चासो राखेका थिए ।  त्यसक्रममा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु सामान्य विषय भएको बताएका थिए ।

सांसद निरुदेवी पालका अनुसार प्रधानमन्त्री ओलीले अध्ययादेश नियमित प्रकृया अनुसार आएको र दल विभाजनमा ४० प्रतिशत हुँदा वा नहुँदा फरक नपर्ने बताएको उल्लेख गरिन् ।

मन मिलेमा जतिप्रतिशत भएपनि असर नगर्ने र नमिले जति प्रतिशत भएपनि फुटिहाल्ने धारणा प्रधामन्त्रीले सांसदहरुसँगको छलफलमा राखेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले पार्टीमा नेताहरुको मन मिलेमा एकताबद्ध भएर जान सकिने र मन नमिलेमा कानूनले कसिकसाउ गरेमा पनि फुट्ने बताएका थिए ।

सांसद झपट रावलका अनुसार प्रधानमन्त्री ओलीले कसैलाई पनि कानूनले बाँध्न नहुने बताएका थिए । प्रधानमन्त्रीले नेकपालाई लक्षित गरेर राजनीतिक दल सम्बन्धी अध्ययादेश नल्याएको स्पष्ट पारेको सांसद रावलले बताए ।

सांसद रावलका अनुसार कुनै कानून हुँदा जोडिने र नहुँदा फुट्ने खालको कागजको महन नेकपा नभएको प्रधानमन्त्री ओलीले बताएका थिए ।

प्रधानमन्त्रीले ओलीले आफूहरु मन मिल्ने वित्तीकै जोडिएको र नमिल्ने वित्तिकै फुटिहाल्ने नभएको बताएका थिए ।

संवैधानिक निकाय दुई वर्ष भन्दा पनि धेरै समयदेखि रिक्त रहेको र निर्णय गर्न नसकिएको भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्ययादेश ल्याउनु परेको प्रधानमन्त्री ओलीले बताएका थिए ।

लकडाउन लम्बिने संकेत

सांसदहरुसँगको छलफलमा प्रधामन्त्री ओलीले लकडाउन लम्बिन सक्ने बताएका छन् ।

कोरोना संक्रमणलाई रोक्नका लागि तत्काल भारतसँगको सीमा खुला नहुने प्रधानमन्त्रीले सांसदहरुसँग बताएका थिए । उनले लकडाउनसमेत लम्बिन सक्ने बताएका थिए ।

भारतसँगको नाका तत्काल खेल्ने कुरा छैन र देशमा पनि लकडाउन लम्बिनसक्छ, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सांसद पालले भनिन् ।
प्रधानमन्त्री ओलीले भारतमा कोरोना नियन्त्रण नभएसम्म नाकामा कडाइ गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : १९ बजे

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार