बलात्कार आरोपित तीन जना छ महिनापछि पक्राउ « Khabarhub

बलात्कार आरोपित तीन जना छ महिनापछि पक्राउ


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा छ महिनादेखि फरार तीन जनालाई बुधबार पक्राउ गरिएको हो ।

गत असोज १३ गते विभिन्न प्रलोभन देखाई बा ५ च ३८४९ नम्बरको बलेरोमा राखी धुलिखेलबाट बनेपा नगरपालिका–६ स्थित काभ्रे क्याम्पस माथिको जङ्गलमा लगि गाडीभित्र नै जबर्जस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुविरुद्ध असोज १६ गते जाहेरी परेको र १७ गते नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रहरीले खोजतलास शुरु गरेको थियो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेँसी स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, पनौती नगरपालिका– ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ शेरा स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय सविन दुलाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसूरअन्तर्गत जबर्जस्ती करणीअन्तर्गतको मुद्दा दायर हुनेछ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : ५४ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक