काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।
देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले पहाडी भू–भागका धेरै स्थानहरूमा र मध्य तथा पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुई स्थान तथा मध्य र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली भइरहेको छ ।
प्रतिक्रिया