प्रदेश नम्बर १ मा २८ जना कोरोना संक्रमित, सबैको अवस्था सामान्य « Khabarhub

प्रदेश नम्बर १ मा २८ जना कोरोना संक्रमित, सबैको अवस्था सामान्य


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।

पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ ।

पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुको उदयपुरस्थित त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएको हो ।

उनीहरुको उपचार विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रदेशमा हालसम्म ८२३ जनाको स्वाब पिसीआर विधिबाट परीक्षण गरिएको छ भने आरडीटी विधिबाट तीन हजार ५९२ जनाको रगतको नमूना सङ्कलन गरिएको छ ।

प्रदेशअन्तर्गतका विभिन्न स्थानमा रहेका आइसोलेसन शैयामा बस्नेको सङ्ख्या ३४ रहेको छ भने क्वारेन्टाइनमा एक हजार ७० छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : ४७ बजे

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित