कोरोना भाइरस रगतमार्फत शरीरको कुनै पनि अंगसम्म पुग्न सक्ने « Khabarhub

कोरोना भाइरस रगतमार्फत शरीरको कुनै पनि अंगसम्म पुग्न सक्ने

उच्च रक्तचाप र मुटुको बिमारीलाई धेरै खतरा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसले तीव्र रुपमा आफ्नो रुप (म्युटेट) र संक्रमण गर्ने तरिका पनि परिवर्तन गरिरहेको खुलेको छ।

विश्वभर कोरोना संक्रमण बढ्नुका साथै संक्रमणका कारण पनि अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट भाइरसले शरीरका हरेक भागमा रक्त संचार गर्ने रक्त वाहिनीमा आक्रणम गरिरहेको खुलेको हो।

स्वीटजरल्याण्डको ज्यूरिख युनिभर्सिटीका शोधकर्ताले गरेका अनुसन्धान अनुसार कोरोना भाइरस रक्तवाहिनीलाई संक्रमित गर्दै शरीरको कुनै पनि अंगसम्म पुगेर आक्रमण गर्न सक्छ।

शोधकर्ता फ्रेन्क रस्चिज्काका अनुसार रक्तवाहिनीको माथिल्लो सतहमा आक्रमण गर्छ । यो भागलाई एण्डोथीलियम भनिन्छ। यस्तो अवस्थामा शरीरमा रक्तसंचार घट्छ र शरीरको कुनै पनि भागमा रगत जम्न थाल्छ। शोधको नतिजाबाट एउटा कुरा के स्पष्ट हुन्छ भने कोरोनाभाइरस केलव फोक्सोलाई मात्र आक्रमण नगरेर शरीरका जुनसुनै अंगलाई पनि प्रभावित पार्न सक्छ।

शोधकर्ताका अनुसार त्यही कारण अन्य मानिसको तुलनामा उक्त रक्तचाप र मुटुका रोगीलाई संक्रमणका धेरै खतरा रहन्छ। यस्तो बिमारीले धेरै सावधानी अपनाउनु पर्ने शोधको निष्कर्ष छ। शोधकर्ता फ्रेन्क रस्चिज्काका अनुसार अहिलेसम्म संक्रमण त्यस्ता मानिसमा धेरै देखिएको छ जो मृगौला, मुटु र फोक्सो बिमारी छन्।

शोधकर्ताले संक्रमणका तरिकलाई बुझ्नका लागि कोरोना पीडितको रक्तवाहिनीको इलेक्ट्रन माइक्रोस्कोपले हेर्दा क्षतिग्रस्त देखिएको द ल्याण्डसेट जर्नलमा प्रकाशित छ ।

शोधकर्ताहरुका अनुसार पहिला कुनै गम्भीर विमारीसँग जुधिरहेका मानिसलाई कोरोना भाइरसको धेरै खतरा उनीहरुको रक्तवाहिनी कमजोर भएका कारण हुन्छ। धुमपान गर्ने, उच्चरक्तचाप, मुटु रोगी, मोटोपना, मधुमेहमा बिमारीको रक्तवाहिनी कमजोर हुन्छ, जसको फाइदा कोरोना भाइरसले उठाउँछ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १० : २१ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय