पार्टी एकताबारे निर्वाचन आयोग र संसद सचिवालयमा जनता समाजवादी पार्टीको निवेदन « Khabarhub

पार्टी एकताबारे निर्वाचन आयोग र संसद सचिवालयमा जनता समाजवादी पार्टीको निवेदन


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकताको सहमति पत्र निर्वाचन आयोग र स‌घीय संसदको सचिवालयमा दर्ता गरिएको छ ।

बुधबार मध्यरातमा पार्टी एकता गर्ने गर्दै‘जनता समाजवादी पार्टी नेपाल’गठन भएसँगै विहीबार १० बजेपछि नेताहरु दल दर्ताका निवेदन दिनका लागि निर्वाचन आयोग पुगेका थिए ।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगमा दल दर्ता गरेपछि नेताहरु संघीय संसदमा पुगेका थिए । संसद सचिवालय पार्टी एकताको सहमति पत्रसहित निवेदन पेश गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै राजपा र सामाजवादीबीच एकीकरण भएको हो ।
समाजवादीका केही नेतालाई अपहरणको शैलीमा पार्टी फुटाउन लागेको भन्दै नेताहरु आपत्तीसमते जनाएका छन् । सत्तापक्षले नेताहरुलाई अपहरण गरेर पार्टी फुटाउन लागेको आरोप उनीहरुको छ ।
अध्यादेश जारीभएसँगै लामो समयदेखि मिल्न नसकेका राजपा र समाजवादीबीच एकता भएको हो ।

बुधबार राति भएको सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

एकीकृत पार्टीको झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएको छ । चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  २ : १८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको