बंगलादेशले वैशाख २३ गतेसम्मका लागि लम्ब्यायो लकडाउनको अवधि « Khabarhub

बंगलादेशले वैशाख २३ गतेसम्मका लागि लम्ब्यायो लकडाउनको अवधि


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेश सरकारले कोरोनाभाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ ।

बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोनाभाइरसको विस्तार रोक्न लकडाउन एकमात्र उपयुक्त विधि देखिएको भन्दै बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरिने बताए ।

कोरोनाभाइरस महामारीको अवस्थामा सामाजिक दूरी सुनिश्चित गर्न सरकारले मार्च २६ देखि १० दिनका लागि सार्वजनिक विदा दिएको थियो । कोरोनाको संक्रमण बढ्दै गएसँगै उक्त विदालाई क्रमशः विस्तार गर्दै अप्रिल २५ सम्म पुर्‍याइएको थियो ।

अर्को सातासम्ममा मानिसको आवातजावत, सार्वजनिक यातायातको बन्दाबन्दी तथा सबै व्यवसाय बन्द गरिएको एक महिना पुग्नेछ ।

करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा बुधबारसम्ममा कोरोनाभाइरसका कारण १२० जनाको मृत्यु भएको छ भने ३ हजार ७७२ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : १५ बजे

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य

आजका समाचार : राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, चौतर्फी आलोचनाबीच सुकुसम्वासी बस्ती हटाउने काम तीव्र र अमेरिकी सैन्य साइटमा इरानको आक्रमण

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारीराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा

अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न

काठमाडौं- दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका