सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीमाथि भारतीय नागरिकद्वारा आक्रमण « Khabarhub

सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीमाथि भारतीय नागरिकद्वारा आक्रमण


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाअन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् ।

नेपाली–भारत सीमा क्षेत्र कैलालीको धनगढी उपमहानगरपालिका–२ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयहरुले आक्रमण गरेका हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी गरेको लकडाउनको अवधिमा पनि भारतीयहरु नेपाल भित्रिन थालेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती बढाइएको थियो ।

जसअन्तर्गत कैलालीका सीमावर्ती क्षेत्रमा पनि सशस्त्र प्रहरीको परिचालन बढाइएको थियो । सरकारले सीमा क्षेत्र खटाएअनुसार परिचालन भएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीमाथि मंगलबार भारतीय नागरिकहरुले आक्रमण गरेका हुन् ।

सीमावर्ती भारतीय गाउँ वनगाउँका थारु समुदायका व्यक्तिहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भारतीयको आक्रमणबाट सशस्त्र प्रहरीका एकजना कर्मचारीको आँखामा चोट लागेको थियो । उनको कैलालीको गेटास्थित आँखा अस्पतालमा उपचार भएको जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ५३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको