नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो « Khabarhub

नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार विहीबार साँझ थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनी पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।

यसअघि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुरमा परीक्षणका क्रममा १ गरी २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

काठमाडौंमा परीक्षणका क्रममा कोरोना देखिनेमा उदयपुरकी ५५ वर्षीया महिला हुन् । यस्तै जनकपुरमा गरिएको परीक्षणमा कोरोना देखिनेमा १४ वर्षीया बालक छन् ।

बिहीबार साँझ थप एक जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : ५० बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार