काठमाडौंमा अलपत्र परेका तेह्रथुमेलाई घर लगिने « Khabarhub

काठमाडौंमा अलपत्र परेका तेह्रथुमेलाई घर लगिने


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनले काठमाडौंमा अलपत्र बनेका तेह्रथुमेहरुलाई घर लैजान आठराई गाउँपालिकाले गाडी पठाउने भएको छ ।
तेह्रथुम सरोकार समाजसँगको समन्वयमा गाउँपालिकाले काठमाडौं, ललितपुर, भक्तपुर लगायत आसपासका जिल्लामा समेत अलपत्र परेका आप्नो गाउँपालिका क्षेत्रका नागरिकहरुलाई घर लैजानकालागि गाडी पठाउने भएको हो ।

अध्ययन, अध्यापन, पेशा, व्यवसाय, औषधीउपचार, रोजगार तथा अन्य कामको सिलसिलामा काठमाडौंमा रहेकालाई गाउँपालिकाले खान र यातायात खर्च ब्यहोरेर गाउँ फर्काउन लागेको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए ।

‘आउँदा लाग्ने खर्च गाउँपालिकाले ब्यहोछ, लकडाउनका बेला अलपत्र परेर भोक भोकै बस्नु नपरोस् भनेर यो पहल लिएका हौं,’ अध्यक्ष लिम्बुले भने, ‘गाउँ फर्किएपछि आवश्यकताअनुसार क्वारेण्टाइनमा पनि राखिनेछ ।’

शंकास्पद मान्छेहरुलाई राख्नकालागि गाउँपालिकाले २५ शैयाको क्वारेण्टाइन तयार राखेको छ । घर आएकाहरुको स्वास्थ्य परीक्षण र हिस्ट्री हेरेर आवश्यकताअनुसार घरमै सेल्फ क्वारेण्टाइनमा राख्ने वा गाउँपालिकाको क्वारेण्टाइनमा राख्ने भन्ने निर्णय हुने अध्यक्ष लिम्बुले जानकारी दिए । घर फर्किन चाहनेहरुले तेह्रथुम सरोकार समाज वा गाउँपालिकामा सम्पर्क गर्न सक्नेछन् ।

तेह्रथुम सरोकार समाजले काठमाडौँमै रहने र समस्या भएकाहरुलाइ केही राहत र घर जान चाहनेलाइ गाउँपालिकासँग समन्वय गरी गाडीको प्रबन्ध मिलाइएको समाजका सचिव भगिमान गुरुङले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै