काठमाडौंमा अलपत्र परेका तेह्रथुमेलाई घर लगिने « Khabarhub

काठमाडौंमा अलपत्र परेका तेह्रथुमेलाई घर लगिने


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनले काठमाडौंमा अलपत्र बनेका तेह्रथुमेहरुलाई घर लैजान आठराई गाउँपालिकाले गाडी पठाउने भएको छ ।
तेह्रथुम सरोकार समाजसँगको समन्वयमा गाउँपालिकाले काठमाडौं, ललितपुर, भक्तपुर लगायत आसपासका जिल्लामा समेत अलपत्र परेका आप्नो गाउँपालिका क्षेत्रका नागरिकहरुलाई घर लैजानकालागि गाडी पठाउने भएको हो ।

अध्ययन, अध्यापन, पेशा, व्यवसाय, औषधीउपचार, रोजगार तथा अन्य कामको सिलसिलामा काठमाडौंमा रहेकालाई गाउँपालिकाले खान र यातायात खर्च ब्यहोरेर गाउँ फर्काउन लागेको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए ।

‘आउँदा लाग्ने खर्च गाउँपालिकाले ब्यहोछ, लकडाउनका बेला अलपत्र परेर भोक भोकै बस्नु नपरोस् भनेर यो पहल लिएका हौं,’ अध्यक्ष लिम्बुले भने, ‘गाउँ फर्किएपछि आवश्यकताअनुसार क्वारेण्टाइनमा पनि राखिनेछ ।’

शंकास्पद मान्छेहरुलाई राख्नकालागि गाउँपालिकाले २५ शैयाको क्वारेण्टाइन तयार राखेको छ । घर आएकाहरुको स्वास्थ्य परीक्षण र हिस्ट्री हेरेर आवश्यकताअनुसार घरमै सेल्फ क्वारेण्टाइनमा राख्ने वा गाउँपालिकाको क्वारेण्टाइनमा राख्ने भन्ने निर्णय हुने अध्यक्ष लिम्बुले जानकारी दिए । घर फर्किन चाहनेहरुले तेह्रथुम सरोकार समाज वा गाउँपालिकामा सम्पर्क गर्न सक्नेछन् ।

तेह्रथुम सरोकार समाजले काठमाडौँमै रहने र समस्या भएकाहरुलाइ केही राहत र घर जान चाहनेलाइ गाउँपालिकासँग समन्वय गरी गाडीको प्रबन्ध मिलाइएको समाजका सचिव भगिमान गुरुङले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : ३२ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न