कोरोना भाइरस : ७ लाख ४५ हजार निको भए | Khabarhub Khabarhub

कोरोना भाइरस : ७ लाख ४५ हजार निको भए


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार भन्दा धेरै पुगेको छ।

पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म १ लाख ९१ हजार ५५ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेको छ।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ अहिलेसम्म ५० हजार २४३ मानिसको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ७९ हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै झण्डै ३० हजार संक्रमित थपिएका छन्। कोरोना भाइरसका कारण इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, फ्रान्समा २१ हजार ८ सय ५६, बेलायतमा १८ हजार ७ सय ३८ मानिसको मृत्यु भएको छ।

विश्वभरका संक्रमित २७ लाख १५ हजार ६ सय १४ मध्ये ७ लाख ४५ हजार ८१९ मानिसहरु उपचारपछि निको भएका छन्।

झण्डै १८ लाख मानिसको उपचार भइरहेकोमा उनीहरु मध्ये ५८ हजार ६ सय ७८ जना गम्भीर रहेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : २१ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा