भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद थप « Khabarhub

भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद थप


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–देउखुरी जिल्ला अदालतले बिहीबारदेखि भिडियो कन्फरेन्सका माध्यमबाट थुनुवाको म्याद थप शुरु गरेको छ ।

डिभिजन वन कार्यालय दाङले वन्यजन्तुको अवैध चोरीशिकार काममा पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरिएका चार जनाको भिडिओ कन्फरेन्सबाट म्याद थप गरेको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए ।

वन कार्यालयको थुनुवा कक्षमा रहेका आरोपितसँग न्यायाधीश भीमलाल बेल्बासेले पालैपालो भिडियोमा घटनाको विषयमा सोधपुछ गरी सात दिनको म्याद थप गरेको पनि श्रेष्तेदार गिरीले जानकारी दिए । उनका अनुसार अदालतले आवश्यकता अनुसार यही विधिबाट पुनः म्याद थप गर्न सक्ने छ ।

वन पैदावार चोरी तस्करीमा संलग्न रहेकाहरुलाई पटकपटक गरी बढीमा २५ दिन र वन्यजन्तु अपराधमा संलग्न भएकाहरुलाई पटकपटक गरी बढीमा ४५ दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न सकिने कानूनी व्यवस्था छ ।

यसअघि लकडाउनका समयमा अनुसन्धानका लागि थुनामा रहेका व्यक्तिलाई म्याद थपका लागि अदालतमा पेश गर्दा कोरोना भाइरस परीक्षणको रिपोर्ट माग गरिएको थियो ।

वन कार्यालयले लकडाउनका अवधिमा १३ घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । सो अवधिमा चारचार ट्राक्टर र मोटरसाइकल, दुई थान बन्दूक, गोलीबारुद, गुलेली र मटे्ङ्ग्रा बरामद गरिएको बताइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : ०९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५