दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय | Khabarhub Khabarhub

दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले बताए । अध्यादेश फिर्ता लिनका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितका दुई अध्यादेश जारी गरेकी थिइन् ।
तर अध्यादेशको चौतर्फी विरोध भएसपछि सरकार संकटमा परेको थियो ।

नेकपाभित्रै असन्तुष्टि चुलिएको थियो भने विहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको बैठकले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १२ : ४२ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा