हिमालयन बैंकद्वारा १०० घरधूरीलाई राहत सामाग्री वितरण | Khabarhub Khabarhub

हिमालयन बैंकद्वारा १०० घरधूरीलाई राहत सामाग्री वितरण


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।

विश्वभरि फैलिएको कोरोना भाईरस (कोभिड—१९)को महामारीबाट नेपालमा पनि केहि व्यक्तिहरुमा संक्रमण देखिएकोले सो भाइरस विरुद्ध लड्न नेपाल सरकारद्वारा विगत १ महिनादेखि मुलकभरि बन्दाबन्दी लागु गरे पश्चात दैनिक ज्यालादारी तथा गरिब जनताहरुलाई दैनिकरुपमा हात मुख जोड्न समस्या उत्पन्न भएको छ ।

यसै विषम परिस्थितिलाई ध्यानमा राखी बैंकले बाँके जिल्ला स्थित राप्तीसोनारी गाँउपालिका अन्तर्गतका १०० घरधूरी परिवारलाई आवश्यक पर्ने चामल, दाल, नुन, तेल आदि जस्ता खाद्यान्नहरु खरिद गरि बैंकका शाखा प्रबन्धक भरत भुषालद्वारा उक्त सामाग्री गाँउपालिका अध्यक्ष लहुराम थारुको उपस्थितिमा गाँउपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।

बैंकले यस अघि नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । यसका साथै बैंकले धनगढी उपमहानगरपालिकामा पनि राहत स्वरुप खाद्यान्न वितरणको लागि रु. ५०,०००÷— सहयोग गरेको थियो ।

बैंकले यस विषम परिस्थितिमा राहत सामाग्री वितरण गर्नुका साथै ग्राहकहरुको सुविधालाई मध्यनजर राखी विभिन्न प्रदेश तथा स्थानका आफ्ना शाखा कार्यालयहरु निश्चित समयका लागि खोली बैंकिङ्ग कारोबारलाई सुचारु राखेको छ ।

शाखा कार्यालयहरु खोलिने स्थान तथा समयको जानकारी बैंकले आफ्नो आधिकारीक वेबपेज www.himalayanbank.com_ तथा बैंकको फेसबुक पेजमा https://www.facebook.com/himalayanbankltd_प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : ०२ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।