रंगोलीलाई समर्थन गरेको भन्दै कंगनाविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

रंगोलीलाई समर्थन गरेको भन्दै कंगनाविरुद्ध प्रहरीमा उजुरी


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आफ्नी बहिनी रंगोली चन्देलको विवादित ट्वीटको समर्थन गरेका कारण बलिउड कलाकार कंगना रनावत विवादमा तानिएकी छिन् । उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

हालै घृणा फैलाएको आरोपमा रंगोलीको ट्वीटर एकाउन्ट सस्पेन्ड गरिएको थियो । कंगनाले यदि उक्त ट्वीटमा कुनै कुरा पनि आपत्तिजनक लागे दुवै बैनीले सार्वजनिक माग्ने बताएकी थिइन् ।

कंगनाविरुद्ध मुम्बईका एक वकिलले उजुरी दिएका छन् । उनले कंगनाकी बहिनीले हत्या र हिंसालाई उक्साएको र कंगना समर्थनमा आउने गरेको बताएका छन् ।

ती वकिलले आरोप पत्रमा बताएका छन् – कंगनाकी बहिनी रंगोलील्े स्टारडम, लोकप्रियता, पैसा र शक्ति र प्रभावको दुरुपयोग गरेर नकारात्मकताको बढवा दिएकी छिन् ।

उक्त ट्वीटले कंगनाको देशैभर विरोध भएको थियो ।

कंगनाले केही दिनअघि एक भिडियो शेयर गरेकी थिइन्, जसमा उनले भनेकी थिइन् कि, ‘अस्ति मेरी बहिनीले एक ट्वीट गरेकी थिइन्, जसमा उनले भनेकी थिइन् कि, जसले डाक्टर र प्रहरीमाथि आक्रमण गर्छन्, उनीहरुलाई गोली हान्नुपर्छ, केहीले झूठो दाबी गरेका छन् कि, रंगोलीले यो ट्वीट मुस्लिमको नरसंहारका लागि भनेकी हुन्, यदि त्यस्तो ट्वीट लाग्यो भने म र रंगोलीले माफी माग्नेछौं ।’

रंगोलीको ट्वीटपछि कतिपय सेलिब्रेटीले समेत विरोध जनाएका थिए । रंगोलीले एक ट्वीटमा डाक्टर र प्रहरीमाथि हमला गर्नेको निन्दा गरेकी थिइन् । साथै उनले मिडिया र धर्मविशेषलाई निशाना बनाएर पनि विवादित ट्वीट लेखेकी थिइन् । त्यसैले उनको खाता सस्पेन्ड गरिएको छ ।

उनको ट्वीटमा असहमति जनाउँदै सञ्जय दिक्षित, रीमा काग्ती, फराह खान लगायतले रंगोलीको ट्वीटको विरोध गर्दै प्रहरीलाई ट्वीटरबाटै मेन्सन गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : १० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी