कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज « Khabarhub

कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– कोरोना भाइरसको आशङ्कामा झापाको भद्रपुरस्थित मेची अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् ।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले जानकारी दिए ।

सो अस्पतालमा २५ र दमक अस्पतालमा दुई गरी जिल्लामा कूल २७ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । अस्पतालमा विभिन्न सङ्घसंस्थाले पिपिइ, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्रीको सहयोग गरिरहेका छन् ।

झापाका १५ स्थानीय तहले विभिन्न २७ स्थानमा ७७८ क्षमताको क्वारेन्टाइन कक्ष बनाएका छन् । ती क्वारेन्टाइनमा हाल १८९ जना छन् भने २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ रहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ३७ बजे

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन