निर्वाचन आयोगद्वारा कोरोना विशेष कोषमा ४ लाख ९३ हजार रुपैयाँ जम्मा « Khabarhub

निर्वाचन आयोगद्वारा कोरोना विशेष कोषमा ४ लाख ९३ हजार रुपैयाँ जम्मा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रमुख आयुक्त र आयुक्त तथा कर्मचारीका तर्फबाट सहयोग गरेको छ ।

आयोगले उक्त कोषको खातामा प्रमुख आयुक्त तथा आयुक्तबाट १५ दिनको पारिश्रमिक ९८ हजार ५१० र गत चैत ११ गते नेपाल सरकार मुख्य सचिवस्तरबाट भएको निर्णयअनुसार आयोगमा कार्यरत कर्मचारीको तोकिएबमोजिम दिनको पारिश्रमिक ३ लाख ९५ हजार ४२५ गरी जम्मा ४ लाख ९३ हजार ९३५ रुपैयाँ जम्मा गरेको जनाएको छ ।

साथै आयोगअन्तर्गतका जिल्ला निर्वाचन कार्यालयलाई तोकिएबमोजिम दिनको पारिश्रमिक रकम उक्त कोषमा जम्मा गर्न निर्देशन गरिसकिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : २८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५