निर्वाचन आयोगद्वारा कोरोना विशेष कोषमा ४ लाख ९३ हजार रुपैयाँ जम्मा | Khabarhub Khabarhub

निर्वाचन आयोगद्वारा कोरोना विशेष कोषमा ४ लाख ९३ हजार रुपैयाँ जम्मा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रमुख आयुक्त र आयुक्त तथा कर्मचारीका तर्फबाट सहयोग गरेको छ ।

आयोगले उक्त कोषको खातामा प्रमुख आयुक्त तथा आयुक्तबाट १५ दिनको पारिश्रमिक ९८ हजार ५१० र गत चैत ११ गते नेपाल सरकार मुख्य सचिवस्तरबाट भएको निर्णयअनुसार आयोगमा कार्यरत कर्मचारीको तोकिएबमोजिम दिनको पारिश्रमिक ३ लाख ९५ हजार ४२५ गरी जम्मा ४ लाख ९३ हजार ९३५ रुपैयाँ जम्मा गरेको जनाएको छ ।

साथै आयोगअन्तर्गतका जिल्ला निर्वाचन कार्यालयलाई तोकिएबमोजिम दिनको पारिश्रमिक रकम उक्त कोषमा जम्मा गर्न निर्देशन गरिसकिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : २८ बजे

एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश दिने 

काठमाडौं– एसियन लाइफ इन्सुरेन्सले लाभांश दिने भएको छ । कम्पनीको

हाँस्ने शैलीले थाहा हुन्छ मान्छेको स्वभाव

काठमाडौं– भनिन्छ जो हाँस्छ उही बढी बाँच्छ । चिकित्सकबाट नै

वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ

जलवायु परिवर्तनले भारतीय किसानहरू समस्यामा

एजेन्सी– भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई

संसद् आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक