कुखरा फार्ममा आगलागी हुँदा एक हजार कुखुरा जलेर नष्ट « Khabarhub

कुखरा फार्ममा आगलागी हुँदा एक हजार कुखुरा जलेर नष्ट


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिका–२ स्थित भकुन्थोकको एक कुखुरा फार्ममा आगलागी हुँदा खोरमा रहेका एक हजार ब्रोइलर कुखुरा जलेर नष्ट भएको छन् ।

आगलागीबाट भौतिक संरचना तथा कुखुरा गरी करीब रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्युत चुहिएर आगलागी भएको कुखुरा व्यवसायी हरि बस्यालले जानकारी दिए । प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार गरी ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

खरको छानो रहेकाले कुखुराको खोर सजिलै जलेर पूर्ण नष्ट भएको भानु– २ का वडाध्यक्ष अर्जुनबहादुर अधिकारीले जानकारी दिए ।

ती कुखुरा ३७ दिनका थिए । खोरका कुखुरामध्ये १-२० मात्रै जीवित भेटिएकोे बताउँदै उनले कृषकलाई क्षतिपूर्तिका लागि नगरपालिकाका तर्फबाट पहल गरिने आश्वासन दिए ।

 

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै