अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएको साढे ३ महिनापछि शव फेला | Khabarhub Khabarhub

अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएको साढे ३ महिनापछि शव फेला


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको अन्नपूर्ण गाँउपालिका-१ हिङकु केभ क्षेत्रमा ३ माघ २०७६ मा गएको हिमपहिरोमा परी बेपत्ता भएका सात जनामध्ये एक जनाको शव नेपाली सेनाले फेला पारेको छ।

हिमपहिरोमा तीन नेपाली गाइड तथा चार जना कोरियन पर्यटक बेपत्ता भएका थिए । ती मध्ये एक गाइडको शव शुक्रबार फेला परेको छ । शव धादिङको गंगाजमुना गाउँपालिकाका ४५ वर्षीय मेमबहादुर तामाङको रहेको जनाइएको छ। यसअघि नै एक नेपालीको शव भेटिइसकेको छ।

सेनाको उद्धार टोलीले सोही क्षेत्रबाट तीन वटा झोला पनि बरामद गरेको छ। स्थानीयहरुबाट एक नेपालीको शव देखिएको सूचना पाएपछि सेनाको पश्चिम पृतनाको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्‍जर बटालियनबाट उद्धार टोली खटिएको थियो।

नेपाल प्रहरीका एक जना प्रतिनिधिसहित सेनाको टोली शुक्रबार बिहान साढे १० बजे सेनाको एनए ०६१ हेलिकप्टरमा घटनास्थल गएको हो।

टोलीले शव र झोलाहरु प्रहरीको जिम्मा लगाएको छ। शवलाई पोष्टमार्टमको लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ।

निर्देशनालयले खोजीमा खटिएको टोलीले उक्त स्थानमा हराएका बाँकी एक नेपाली र चार कोरियालीको खोजी गर्दा सम्भावित स्थानमा अझै बाक्लो हिउँ जमिरहेकाले फेला नपरेको हुँदा फर्किएको जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : २७ बजे

आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

अमेरिकी प्रस्ताव स्वीकार गर्दै इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

इजरायल – इजरायल र हिजबुल्लाह युद्धविरामका लागि नजिकिएको जनाइएको छ।

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीको आतंक

कञ्चनपुर– जङगली हात्तीले घर भत्काएपछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा

साउथ हम्टनमाथि जित निकाल्दै लिभरपुलले अग्रता बढायो

काठमाडौं – इङ्लिस प्रिमियर सिपको तालिकामा लिभरपुलले अग्रतालाई अझ फराकिलो

एक लाख पचास हजार क्यूफिट सालको काठ सड्दै

नवलपरासी- पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालकाे काठ