उदयपुरका कोरोना संक्रमित मुस्लिमलाई अस्पतालमै कुरान पढ्ने व्‍यवस्था | Khabarhub Khabarhub

उदयपुरका कोरोना संक्रमित मुस्लिमलाई अस्पतालमै कुरान पढ्ने व्‍यवस्था


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उदयपुरका मुस्लिमहरुलाई कोशी अस्पतालमै कुरान पढ्ने व्यवस्था मिलाइएको छ ।

शनिबारबाट शुरु हुने मुस्लिम समुदायको पवित्र पर्व रमजानलाई मध्यनजर गर्दै कुरान पढ्ने व्यवस्था मिलाइएको हो ।

शनिबार विहान ३ बजेअघि नै सेहरी हुनाले आजै सबै व्‍यवस्था मिलाएको विराटनगर रानी मरकज समितिका सचिव मोहम्मद इर्सादले बताए ।

कोशी अस्पतालमा उपचाररत उनीहरु चिकित्सकहरुसँग छलफल गरेर खानेकुराको पूर्व तयारी गरिएको सचिव इर्शादले जानकारी दिए।

हाल केन्द्रमा उपचारका क्रममा रहेका १६ जना नेपाली र १२ जना भारतीय मुश्लिम नागरिक रहेका छन्।उनीहरुलाई उदयपुरको भुल्के क्षेत्रबाट उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो।

यसक्रममा शनिबार विहानका लागि ब्रेड, च्यूरा र दुधको व्‍यवस्था गरिएको छ। सचिव इर्शाद भन्छन्, ‘पहिलो विहानीका लागि हामीले तीन खानाको व्‍यवस्था गर्न आग्रह गरेकाछौ र सोही खानेकुरा अस्पतालमा रहनुभएकाले पाउनु हुनेछ।त्यसपछि उहाँहरुलाई रोजा खोल्न इफ्तारका लागि बेलुका साढे ६ बजे अरु खानेकुराको व्‍यवस्था गरिनेछ।’

पवित्र रमजानका समय सूर्य उदाएसँगै नअस्ताउञ्‍जेल खानपान बर्जित छ। यसक्रममा थुक समेत निल्न नमिल्ने गरी व्रत बसिने युवा अभियान्ता चाँदबाबु इराकीले बताए । हाल केन्द्रमा २६ जना पुरुष र दुईजना महिला उपचारका लागि भर्ना गरिएका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : २९ बजे

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज–  सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

बगदाद– पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा

नयाँ आव : शेयर बजारमा उछाल, नेप्से हाफ सेन्चुरी बढ्यो 

काठमाडौं– नयाँ आर्थिक वर्ष २०८२-८३ बिहीबारबाट सुरु भएको छ ।

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोल्पा– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने