कोरोनाको संक्रमणबाट जोगिन बेलायतका अस्पतालमा ड्रोनबाट औषधि र खाद्यान्न पठाइदै « Khabarhub

कोरोनाको संक्रमणबाट जोगिन बेलायतका अस्पतालमा ड्रोनबाट औषधि र खाद्यान्न पठाइदै


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जोगिन बेलायत सरकारले त्यहाँका अस्पतालहरुमा ड्रोनबाट औषधि र खाद्यान्न पठाउने भएको छ।

परीक्षणका रुपमा ड्रोनबाट अस्पतालहरुमा अत्यावश्यक औषधि र खानेकुरा पठाउन लागेको बेलायतका यातायात मन्त्री ग्रान्ट शाप्सले जनाएका छन् ।

शुक्रबार बेलायतको प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उक्त जानकारी दिदै शाप्सले परीक्षणका रुपमा सुरु गरिने ड्रोनबाट औषधि र खाद्यान्न पठाउने काम सफल भए नियमितरुपमा त्यसै गरिने बताएका छन् ।

परीक्षण अन्तरगत आउँदो हप्ता लण्डनको सेण्ट म्यारी अस्पतालमा केही चिकित्सकीय उपकरणहरू पठाइनेछन् ।

बेलायतमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १ लाख ४३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ५ : ५९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन