इटालीमा लकडाउन खोल्न ४ मिति तोकियो | Khabarhub Khabarhub

इटालीमा लकडाउन खोल्न ४ मिति तोकियो


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालीमा लकडाउन खुकुलो बनाउने तयारी शुरु भएको छ । योसँगै करिब २ महिनादेखि जारी लकडाउन खुल्ने संकेत मिलेको छ । इटाली सरकारले आधिकारिक सूचना जारी नगरे पनि अप्रिल २७ देखिनै लकडाउन खुल्न सक्ने इटालियन संचार माध्यमहरुले जनाएका छन्।

समचारअनुसार लकडाउन खोल्न ४ वटा मिति तोकिएको छ। अप्रिल २७ मा कलकारखाना खोलिनेछ। ३ मेमा कपडा उत्पादन गर्ने उद्योगहरू खुल्ने छन् भने ११ मेमा लुगा, जुत्ता र अन्य सबै पसलहरू खोलिने छन् ।

खोलिने पसलहरुमा प्रवेश गर्दा भने लकडाउन हुँदा कै नियमहरु रहनेछन् । पसल प्रवेश गर्दा १ देखि २ मिटरको दूरीमा रहेरमात्र किनमेल गर्न पाइनेछ।

त्यस्तै अन्तिममा १८ मेमा बार र रेस्टुरेन्टहरु खुला गरिने छन्। बार र रेस्टुरेन्टमा भने एक टेबलदेखि अर्को टेबलको दूरी २ मिटरको हुनुपर्ने र वेटरले अनिवार्य रुपमा मास्क र पन्जा लगाएको हुनु पर्नेछ। बिङो (क्यासिनो),सैलुन र ब्यूटी पार्लरहरु कहिले सम्म खोल्ने भन्नेबारे जानकारी आएको छैन ।

सपिङ्ग सेन्टर र फार्मेसिहरु भने लकडाउनको समयदेखि नै खुला छन् ।

लकडाउन खुले पनि बाहिर निक्लदा मास्क र पन्जा भने अनिवार्य लगाउनुपर्ने भएको छ। एक गाविसबाट अर्को गाविसमा जाँदा सेल्फ प्रमाणिकरणको सर्टिफिकेट आवस्यकता नभएपनि एक अञ्चलबाट अर्को अञ्चलमा जाँदा भने सेल्फ प्रमाणिकरणको सर्टिफिकेटको आवश्यकता पर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ४३ बजे

तिहारको एक सातामा ६९ दुर्घटना

चितवन- नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा

तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन

काँक्रेविहार (सुर्खेत)- मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको

किशोरीलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

काठमाडौं – एकजना १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या

काठमाडौं- चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या देखिएको

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौं- ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका