च्याम्पियन र रेलिगेट घोषणा नगरि रद्द भयो डच फुटबल लिग « Khabarhub

च्याम्पियन र रेलिगेट घोषणा नगरि रद्द भयो डच फुटबल लिग


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्यान्डको शीर्ष डिभिजन फुटबल लिग दी एरेडिभिजको यो सिजन रद्द भएको छ।

कोरोना भाइरसको महामारीले बीचैमा स्थगित भएको लिगको यो सिजनका खेल सुचारु गर्न नसकेपछि रद्द गरिएको हो ।

लिग बीचमै रद्द गर्नु परेपछि यो सिजनमा कुनै पनि टीमलाई विजेता घोषणा गरिएको छैन् भने कुनै टिमलाई घटुवा समेत गरिएको छैन।

कोरोना भाइरसका कारण नेदरल्याण्डको सरकारले मुख्य इभेन्ट्सहरु सेप्टेम्बर १ सम्म नगर्न निर्देशन दिएपछि लिगको यो सिजन रद्द गरिएको हो।

डच फुटबलको नियामक संस्था केएनभिबीले भनेको छ,` २०१९/०२० को सिजनलाई संचालन गर्न असम्भव देखियो ।´

लिगमा ९ खेल बाँकी रहँदा अजाक्स अंक तालिकामा एजेड अलकमारसँग गोल अन्तरले अगाडि रहेपनि च्याम्पियन भने घोषणा गरेको छैन्।

लिग बीचैमा रोकिएपछि शीर्ष दुई टोली अजाक्स र अलकमार च्याम्पियन्सलिगको छनोट चरणका खेल्नेछन् ।

केएनभिबीले भनेको आफू यो निर्णय लिन बाध्य भएको र यसले आफुहरुलाई पनि दुखी बनाएको बताएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ०५ बजे

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो