च्याम्पियन र रेलिगेट घोषणा नगरि रद्द भयो डच फुटबल लिग | Khabarhub Khabarhub

च्याम्पियन र रेलिगेट घोषणा नगरि रद्द भयो डच फुटबल लिग


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्यान्डको शीर्ष डिभिजन फुटबल लिग दी एरेडिभिजको यो सिजन रद्द भएको छ।

कोरोना भाइरसको महामारीले बीचैमा स्थगित भएको लिगको यो सिजनका खेल सुचारु गर्न नसकेपछि रद्द गरिएको हो ।

लिग बीचमै रद्द गर्नु परेपछि यो सिजनमा कुनै पनि टीमलाई विजेता घोषणा गरिएको छैन् भने कुनै टिमलाई घटुवा समेत गरिएको छैन।

कोरोना भाइरसका कारण नेदरल्याण्डको सरकारले मुख्य इभेन्ट्सहरु सेप्टेम्बर १ सम्म नगर्न निर्देशन दिएपछि लिगको यो सिजन रद्द गरिएको हो।

डच फुटबलको नियामक संस्था केएनभिबीले भनेको छ,` २०१९/०२० को सिजनलाई संचालन गर्न असम्भव देखियो ।´

लिगमा ९ खेल बाँकी रहँदा अजाक्स अंक तालिकामा एजेड अलकमारसँग गोल अन्तरले अगाडि रहेपनि च्याम्पियन भने घोषणा गरेको छैन्।

लिग बीचैमा रोकिएपछि शीर्ष दुई टोली अजाक्स र अलकमार च्याम्पियन्सलिगको छनोट चरणका खेल्नेछन् ।

केएनभिबीले भनेको आफू यो निर्णय लिन बाध्य भएको र यसले आफुहरुलाई पनि दुखी बनाएको बताएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ०५ बजे

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ