लकडाउन एक हप्ता थप गर्न सिफारिस « Khabarhub

लकडाउन एक हप्ता थप गर्न सिफारिस


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति अन्तर्गतको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको शनिवार बसेको बैठकले लकडाउन एक हप्ता बढाउन उच्च स्तरीय समितिमा सिफारिस गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार दिउँसो बसेको बैठकले लकडाउनको मोडालिटी टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

यसअघि आजै बसेको उच्चस्तरीय समितिको बैठकले समेत लकडाउन खोल्न उपयुक्त अवस्था नबनेको निष्कर्ष निकालेको थियो । बैठकले आन्तरिक तथा वाह्य हवाई उडानलाई जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै कार्यदलले पनि नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता थप गर्न सिफारिस गरेको हो ।

कार्यदलमा केही हिमाली जिल्ला र संक्रमणको जोखिम नभएका स्थानमा भने लकडाउन खुकुलो बनाउने विषयमा छलफल भइरहेको छ ।

काठमाडौं पोखराजस्ता संक्रमणका नदेखिएका मुख्य क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाउने प्रस्ताव आएको भएपनि निर्णय भने भइनसकेको एक सदस्यले बताए ।

आइतबार(भोलि) बस्ने मन्त्रिपरिषद् बैठकले समितिको सिफारिसका आधारमा लकडाउन बढाउने, नबढाउने वा खुकुलो बनाउने बारे निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ३६ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार